काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश र जनताका लागि अझै काम गर्न बाँकी रहेको भन्दै राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गरेका छन् ।
उनले शनिबार कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटमा आयोजित श्रीमद्भगवत् ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव २०८१ एवम् देवालय सराङकोट धामको समुदघाट्न समारोहमा यस्तो आग्रह गरेका हुन् ।
राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भएको भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह गरे ।
उनले पोखराको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने बताए ।