काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिंकुलाई न्याय
गर्न हरसम्भव प्रयास गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले शनिबार बिहान सिरहाको नवराजपुर गाउँपालिका(१ भगवतीपुरस्थित रिंकुकुमारी सदाको घरमा पुगेर यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।
सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिंकुलाई स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उनी मृत फेला परेकी थिइन्।
जनतासँग माओवादी तराई(मधेस जागरण अभियानका क्रममा सिरहा पुगेका अध्यक्ष प्रचण्डसहितका माओवादी केन्द्रका नेताहरू आज दिवङ्गत रिंकुको घरमा पुगेका हुन्। गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकुले आफू स्थानीय तीन जना युवकबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन्।