काठमाडौं । आइतबार उच्च अंकले बढेको शेयर बजार सोमबार भने घटेको छ । आज धितोपत्र दोस्रो बजार मापक (नेप्से) परिसूचक १३.६२ अंकले बढेको हो ।
आज तीन करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर किनबेचबाट १४ अर्ब २८ करोड ४५ लाख रुपैया बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सोमबार ५१ कम्पनीको सेयरमूल्य बढ्दा १८७ कम्पनीको घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा रहेका १३ मध्ये पाँच समूहको मात्रै समूहगत परिसूचक बढेको छ