काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधन गर्नका लागि सत्तारुढ दल कांग्रेस र एमाले मिलेर संयन्त्र बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
उपसभापति खड्काले भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो धारणा ब्यक्त गरेका हुन् ।
उनले संविधानलाई सबैको साझा, प्रगतिशील र समावेशी बनाउने गरी संशोधनका विषयमा छलफल चलाइने बताए ।