काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित समयमै पार्टीको महाविधेशन हुने बताएका छन्। उनले सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
दुई ठूला पार्टी मिलेर सरकार बनेको र काम राम्रोसँग भइरहेको बताउँदै देउवाले भने, ‘समसामयिक अवस्था ठिक छ । दुई वटा ठूला पार्टी सरकारमा छन्। राम्रोसँग चलेको छ। सरकारमा कुनै समस्या छैन, ०८४ सम्मै जान्छ। हामी भोट पाएको मान्छे हो, हामी जनता होइन। नेपाली कांग्रेसको महाधिवेशन समयमै हुन्छ।’
उनले राजावादीहरूको प्रदर्शनले आत्तिनुपर्ने कारण नभएको देउवाको भनाइ छ।