काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहबाट सम्पादन हुने सेवा सरल र सहज बन्नसके जनताले असल सरकारको अनुभूति गर्न सक्ने बताएका हुन् ।
सभापति देउवाले शुक्रबार महोत्तरीको मनराशिशवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटनका क्रममा यस्तो बताएका हुन् ।
“स्थानीय तह जनताको पहुँचको पहिलो सरकार हुन्, यहाँबाट जनताले पाउने सेवा, सुविधा प्रविधिमैत्री र सरल हुनसके जनप्रतिनिधि र कार्यालयबारे सकारात्मक सन्देश प्रवाह हुनेछ”, सभापति देउवाले भने।