काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्तपुरमा फागु मनाउनका लागि मानिसहरू जम्मा भएका छन्। चीरमा पूजा गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ।
एकअर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर फागु मनाउने गरिन्छ।