काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाउने तयारी गरिरहेकै समयमा सत्तारुढ दल नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापाले यो कार्य ठिक नभएको टिप्पणी गरेका छन् ।
उनले सिन्धुली क्षेत्र नम्बर १ को प्रथम क्षेत्रीय सम्मेलन उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै कुलमानलाई किचकिच किचिकिच गरिरहनु सरकार ढंग नपुगेको हो वा बदनियत हो भन्ने आफूले बुझ्न नसकेको बताए ।
‘अहिले हामी सुनिरहेका छौँ, ऊर्जा मन्त्रालयको। मन्त्रालयअन्तर्गत विद्युत् प्राधिकरण छ। मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको हो,ु उनले भने, ‘तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्तिपछि सरकार नै लागेको देखिन्छ। यस्ता कुरा ठिक होइन। यस्तो, नचाहिने काममा कोही पनि मन्त्रीहरू लाग्नु हुँदैन।’