काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आज शेयरबजार परिसूचक नेप्से आज उच्च अङ्कले बढेको छ । आज नेप्से ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० दशमलव २८ बिन्दुमा पुगेको छ ।
आइतबार ३०२ कम्पनीका एक लाख ३९ हजार ५९६ पटकको कारोबारमा २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर खरिद बिक्रीबाट १४ अर्ब २५ करोड चार लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
हिमालयन डिस्टिलरी, गार्डियन माइक्रोफाइनान्स, र नेपाल लाइफ इन्स्योरेन्सका सेयरमा सकारात्मक सर्किट लागेको छ भने आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ ।