काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने बताएका छन् ।
उनले शुक्रबार इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान)को दोस्रो वार्षिक उत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन्
प्रेस स्वतन्त्रता देशको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको आधार भएको उनले बताए । सभामुख घिमिरेले लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली भएको धारणा राखे ।


