काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चाले नै राजावादीहरुको षडयन्त्रलाई असफल पारेको दाबी गरेका छन्।
उनले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। समाजवादी मोर्चाले ठूलो जनसमुदायबीच विरोध सभा नगरेको भए राजावादीहरुले ठूला आपराधिक घटना गराउने दाबी गरे।
उनले आफूले राजावादीहरुले ठूला घटना गराउने योजना बनाएको सूचना पाएको दाबी गरे।


