काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । उनले आज रुपन्देहीको भैरहवामा ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा यस्तो धारण राखेका हुन् ।
सभापति देउवाले कांग्रेसलाई जीवन्त भाइब्रेण्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझ आकर्षण बढ्दै जाने बताए । उनले समानुपातिक समावेशी व्यवस्थालाई सबै मिलेर थप बलियो बनाउँदै जानुपर्नेमा जोड दिए ।


