काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजारले बढेको छ । आज सुनको मूल्य तोलाको एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
अघिल्लो कारोबार दिन अर्थात् बुधबार ९फागुन २८० छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि हालसम्मकै उच्च कायम भएको छ । चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।


