काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न कांग्रेसले नै अग्रसरता लिनुपर्ने बताएका छन् ।
संस्थापनइतर समूहका नेता समेत रहेका उनले विहीबार गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा ब्यक्त गरेका हुन् ।
उनले कांग्रेस सत्तापक्षमा रहे पनि सरकारलाई खबरदारी गर्नुपर्ने उल्लेख गरे । अहिलेको परिदृश्य हेर्दा देशको अवस्था भयावह रहेको उनले बताए ।
कोइरालाले कांग्रेस ठूलो भए पनि अहिले एमाले र कहिले माओवादीको पक्षमा लागेको भन्दै अब त्यसो गर्न नहुने धारणा राखे । उनले कांग्रेसको नेतृत्वमा सबै दललाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए ।


