काठमाडौं । आज बसेको विपक्षी चार दलको समाजवादी मोर्चाको बैठकले आगामी चैत्र १५ गते काठमाडौंमा बृहत् जनसभाको आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा सहभागी नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले १५ गतेको जनसभालाई बृहत् बनाउने निर्णय भएको जानकारी दिए।
उनका अनुसार भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिकसमाजसँग अन्तरक्रिया र परामर्श कार्यक्रम गरिने बताए। बृहत् जनसभाबारे शनिबार दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराइने उनले बताए।


