काठमाडौं । आन्दोलनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा भएका छन् ।
आइतबारको प्रदर्शनपछि बसेको राप्रपा केन्द्रीय कार्यसम्पदान समितिको बैठकले सरकारको कदमको निन्दा गरेलगत्तै नेता-कार्यकर्ता रिहा भएका हुन् ।
प्रहरीले सिंहदरबारबाट राप्रपा अध्यक्ष लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको थियो ।