काठमाडौं । मंगलबार पनि सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार परिसूचक (नेप्से) ३.४४ घटेको हो । आज ५ अर्ब ३० करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५७ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ०.६०, निर्जीवन बीमा ०.१३ र व्यापार समूह ०.७० प्रतिशत बढे ।
बैंकिङ ०.३०, विकास बैंक ०.१६, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.४९, लगानी ०.२५, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.०८ र अन्य ०.५७ प्रतिशत घटे ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र राधि विद्युत् कम्पनी क्रमशः अगाडि रहे ।


