काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी नदिने प्रष्ट पारेका छन् ।
उनले विहीबार नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्ने क्रममा यस्तो बताएका हुन् ।
ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने बताउँदै अधिनायकवाद परास्त भइ लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकावमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने स्पष्ट गरे।