काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले त्यसलाई प्रमाणित गर्न चुनौती दिएका छन् ।
उनले आइतबार मदन भण्डारी फाउन्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर यस्ता आरोपहरु लगाउने गरेको बताए ।
प्रधानमन्त्री ओलीले भने, एकथरी धतंगाएर बोल्छन् प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलियाको पहुँच छ भनेर । दया लाग्छ कुरा सुनेर,के बोेलेको त्यो । प्रमाणित गर्न सक्छन् । त्यसलाई हतियार बनाएर,उद्दरण गरेर अर्काथरी प्रतिगामी उफ्रिएका छन् । उही बिष्णु वहादुर मानन्धरहरुको समूहले केशरजंग समूहलाई नावाकाद भन्थ्यो । नामका वामपन्थी,कामका दक्षिणपन्थी भनेर छोटरीमा नावाकाद भन्थे । नावाकाद अहिले पनि छन् ।


