काठमाडौं । शिक्षकको आन्दोलन चर्किँदै गएपछि शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। उनले आज अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन् ।
शिक्षकका माग सम्बोधन गर्न मन्त्री भट्टराईले सात बुँदे प्रस्ताव तयार गरेकी थिइन्। उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरी आजै आन्दोलनबाट फर्कन शिक्षकहरूलाई आह्वान गर्ने तयारी थियो। भट्टराई २०८१ असार ३१ गते मन्त्री नियुक्त भएकी थिइन्। स्रोतका अनुसार मन्त्री भट्टराईलाई प्रधानमन्त्रीले वाइपास गरेपछि उनले राजीनामा दिएको बुझिएको छ ।


