काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्य समस्याका कारण राजीनामा दिएको प्रष्टीकरण दिएका छन्।
उनले मंगलबार नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा यस्तो बताएका हुन् ।
उनले भने, ‘उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।’