काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबल अर्थतन्त्र निर्माण गर्ने खालको बजेट ल्याउने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले आइतबार सिंहदरबारमा राष्ट्रिय योजना आयोगले तयार गरेको आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन बुझ्दै यस्तो बताएका हुन् ।
देशको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले प्रभावकारी पहल गर्दै आएकाले पछिल्ला दिनमा अर्थतन्त्रका परिसूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको उनले बताए । उनले वर्तमान सरकारकै कारण आर्थिक वृद्धिको लक्ष्यमा समेत सन्तोषजनक प्रगति भएको धारणा राखे ।
मन्त्री पौडेलले निजी क्षेत्रले उठाएका विषय र सहकारी क्षेत्र लगायतका समस्या समाधानका लागि सरकारले आवश्यक कानुन निर्माण गरेको जिकिर गरे ।