काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयरमा गिरावट आएको छ । आज नेप्से परिसूचक ९।९६ अंकले घटको हो ।
मंगलबार आठ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।
आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ । १६० कम्पनीको सेयर मूल्य घटेको छ । मुक्तिनाथ विकास बैंकको सेयर मूल्य स्थिर छ ।
कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहको परिसूचक बढेको छ ।