काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा उत्पादन र रोजगारी वृद्धिलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।
उनले विहीबार आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित छलफलका क्रममा यस्तो निर्देशन दिएका हुन् ।
नेपाल सरकारले हरेक जेठ १५ गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्छ भने त्यसअघि बजेटका प्राथमिकता र सिद्धान्तबारे सदनमा छलफल हुनेछ । सोको तयारीका लागि प्रधानमन्त्री ओलीले आज सबै मन्त्रालयका मन्त्री र सचिवहरूसहितको छलफल डाकेका हुन् ।


