काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार सेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ४९ अंकले बढेको हो ।
आज दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर खरिदबिक्रीबाट १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ दशमलव ३२ को कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको अन्तिम कारोबार दिन आज बजारसँगै कारोबार रकम पनि बढेको हो । आज एक सय ८७ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको मूल्य घटेको छ ।
आजको कारोबारमा नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


