काठमाडौ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भारतको कास्मिरमा भएको आतंकवादी घटनाको निन्दा गरेका छन् ।
भारत भ्रमणमा रहेका डा। भट्टराईले भारतीय नेताहरुसँगको भेटका क्रममा यस्तो धारणा राखेका हुन् । यसैबीच भट्टराईले भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं रक्षामन्त्री राजनाथ सिंहसँग पनि सोमबार भेटवार्ता गरेका छन् । भेटमा नेपाल-भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा संवाद भएकोे जनाइएको छ ।
डा. भट्टराई प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा छन् ।


