काठमाडौं । आज सेयर बजार एकल अंकले बढेको छ। आज नेप्से परिसूचक ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा कायम भएको हो।
आज ३१७ स्क्रिप्सको १ करोड ७३ हजार ८२२ कित्ता सेयर किनबेचबाट ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार ७४० रुपैयाको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुने सकेन। नेपाल माइक्रो फाइनान्सको सेयर सर्वाधिक ९.९८ प्रतिशतले बढ्यो। विन नेपाल लघुवित्त वित्तीय संस्था,बोटलर्स नेपाल, सोल्टी होटेल र नगदी ग्रुप सेयर कारोबार गरी कमाउने पाँच शीर्ष कम्पनीभित्र परे।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।


