काठमाडौं– नेकपा माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बसिरहेको छ ।
बैठकमा भोलिदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ ।
यसका साथै संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायत महत्वपूर्ण विधेयकहरूमा सदनमा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।


