काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनुनपर्ने बताएका छन् ।
उनले शुक्रबार नेकपा (एमाले) ले रुपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजित जागरण सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘समस्याहरू छन् तर सडकमा गइरहनुपर्ने थिएन। म शिक्षकहरूलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहन्छु। तपाईंहरूले आफ्ना समस्यामात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भीडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गरे।


