काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आन्दोलनरत शिक्षकहरुको जायज माग पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
सोमवार काठमाडौँमा आयोजित हिमालयन संवादमा उनले यस्तो बताएका हुन्।
उनले विभिन्न विचारका समूहमा विरोधाभास देखिएको भन्दै संविधानप्रति इमान्दारिताको कमी देखिएको गुनासो गरे। उनले पछिल्लो समय आन्दोलनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन आह्वान पनि गरे।
शिक्षकहरुको जायज माग सम्बोधन गर्न सरकार तयार रहेकाले आन्दोलनको आवश्यकता नभएको उनको भनाइ छ।
‘


