काठमाडौं । गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दलमा कुनै समस्या नरहेको प्रष्टीकरण दिएका छन् ।
नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटमा उनले सत्तासाझेदारीमा दुवै दलबीच सौहार्द्रपूर्ण सम्बन्ध रहेको स्पष्ट पारे ।
सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, ‘साथीहरूले सरकार ढल्छ(ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।’
उनले संविधान विरोधी एवं लोकतन्त्र विरोधी गतिविधि जनताले नरुचाएका बताए।


