काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता सञ्चालन गरेकाहरुको तीनपुस्ताकै सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउन प्रस्ताव गरेका छन् ।
उनले शुक्रबार नेपाली कांग्रेस भोजपुरको जिल्ला सम्मेलनलाई सम्बोधनका ्रममा यस्तो प्रस्ताव गरेका हुन् ।
उनले अख्तियारमाथि प्रश्न उठाउँदै भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ यसले अनुसन्धान गर्छ, अनुसन्धान गरेको विषय छापामा ल्याउँछ। वर्षौँसम्म तँलाई थुन्दिउ थुन्दिउँ भनेर बिताउँछ। अब एउटा शक्तिशाली आयोग बनाउँ। शक्तिशाली आयोगलाई ०४६ सालपछि शासनसत्तामा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने अधिकार दिऔँ।’


