काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले राजावादीको हावा खुस्काइदिएको दावी गरेका छन् ।
उनले आइतबार बाँकेको राप्ती सोनारीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् । उनले भने ‘उपलब्धि उल्ट्याउन खोज्नेहरूले राजा चाहियो भन्न खोज्छन् । हामी यो अभियानमै भएका बेलामा काठमाडौँमा एकखालको स्याल हुइयाँ चल्यो । लौ नारायणहिटी पसाउने रे ज्ञानेन्द्रलाई भनेजस्तो’, उनले भने, ‘त्यो सम्भव त थिएन तर पनि मान्छेलाई भ्रम दिने कोसिस गरियो ।’
त्यस्तो भ्रम फैलाएपछि आफूहरूले अभियान नै रोकेर चैत १५ गते १ लाख जनता विशाल प्रदर्शन गरेको र दुनियाँले प्रशंसा गरेको प्रचण्डले बताए ।


