काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कुरालाई कडा प्रतिवाद गर्न निर्देशन दिएका छन् । उनले शनिबार संसदीय दलको बैठकमा सांसदलाई यस्तो निर्देशन दिएका हुन् ।
उनले संसद्मा राष्ट्रियताका पक्षमा स्पष्ट दृष्टिकोण, अडान राख्नुपर्ने बताए ।
‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नुपर्दछ,’ उनले भने, ‘राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरू, त्यस्ता कुरालाई आलोचना गर्नुपर्दछ । त्यस्ता कुरालाई हामीले तिखै आलोचना गर्नुपर्दछ ।’


