काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङको पुनर्वहालीका लागि अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।
न्यायाधीश कुमार चुँडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले विगतमा हितेन्द्रेव शाक्यले पनि यस्तैगरी पदमुक्त भएको र अदालतले उनलाई पुनर्वहाली नगरेको नजिर टेकेर कुलमानलाई अन्तरिम नदिएको हो ।
सर्वोच्चको आदेशअनुसार अब नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नै कम्तीमा रिटको अन्तिम टुंगो नलागेसम्म निरन्तर काम गर्न पाउने भएका छन्।
कुलमानले आफ्नो पदावधि बाँकी छँदै सरकारले बदनियतपूर्वक कार्यकारी निर्देशकबाट हटाएको दाबी गर्दै थमौतीका लागि अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए।


