काठमाडौं । बुधबार पनि सेयर बजारमा गिरावट आएको छ ।
आज सेयर बजार परिसूचक (नेप्से) ३२.३८ अंकले घटेको हो । आज जम्मा ७ अर्ब ५७ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
२८ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने एउटाको स्थिर रह्यो । विकास बैंक सेक्टर सबैभन्दा धेरै २.०९ प्रतिशत घट्यो । अधिकांश सेक्टर १ प्रतिशतभन्दा धेरै घटेका छन् ।


