काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ११.५३ अंकले घटेको हो। आज तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर १० अर्ब २० करोड २७ लाख रुपैयाँमा खरिदबिक्री भयो।
आज तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक खरिद बिक्री हुँदा रू १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
विकास बैंक समूह एक दशमलव २७, होटल तथा पर्यटन छ दशमलव ५०, जीवन बिमा शून्य दशमलव ३१, निर्जीवन बिमा शून्य दशमलव शून्य छ र व्यापार समूह शून्य दशमलव २० प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ ।