काठमाडौं । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा शाहको मृत्यु प्रकरणमा परराष्ट्र मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले घटनालगत्तै हिजो (बिहीबार) नै भारत सरकार, ओडिसा राज्य सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएकी छन् ।
बिहीबार साँझ प्रिशा होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्


