काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा रहेका दुवै पार्टीहरु सत्ता सञ्चालनमा तल्लीन हुँदा सात बुँदे सहमतिको मूल मर्ममै बेवास्ता भएको आरोप लगाएका छन् ।
उनले सत्ता सन्तुलनका लागि आवश्यक संविधान संशोधन प्रक्रियालाई ढिलाइ गर्नु नागरिकप्रति बेइमानी भएको बताए ।
‘कांग्रेस र एमालेले ७ बुँदा सहमति गर्दै संविधान संशोधनको वाचा गर्यो। तर, आज त्यो वाचा पूरा गरिरहेका छैनौं। हामी यति मस्त भयौं कि संविधान संशोधनको मुख्य वाचा बिर्सियौं,’ महामन्त्री थापाले भने।
संविधान निर्माणमा प्रमुख भूमिका खेलेको पार्टीका नाताले कांग्रेसले जिम्मा लिने बेला आएको उनको भनाइ छ। ु


