काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी संविधान र ऐन कानुनका कारण अहिले प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यतामा रहेको टिप्पणी गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले मंगलबार बिहान चितवनस्थित निजी निवासमा सञ्चारकर्मीहरुसँग कुराकानीका क्रममा यस्तो बताएका हुन् ।
‘हामी अहिले प्रतिनिधिसभामा प्रतिपक्षको हिसाबले कमजोर छौँ,’ प्रचण्डले भने, ‘यही कारण हामीले संविधानको निम्ति, ऐन कानुनको निम्ति, सिस्टमको निम्ति सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै दुई सातासम्म संसद् अवरुद्ध पारेको माओवादीले गएको शुक्रबार नेकपा एमालेसँग दुई बुँदे सहमति गरेपछि संसद् अवरुद्ध गर्न छाडेको थियो।