काठमाडौं । सर्वोच्च अदालतले अग्निप्रसाद सापकोटामाथि अनुसन्धान अघि बढाउन आदेश दिएलगत्तै माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक अहिले बसिरहेको छ।
माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको निवास खुमलटारमा केहीबेर अघिबाट सुरु भएको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे पछि छलफल हुने बताइएको छ ।
बुधबार सर्वोच्च अदालतले पूर्व सभामुखसमेत रहेको माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएको थियो। द्वन्द्वकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाउनु पर्नेमा प्रहरीलाई छानबिन गर्न आदेश दिनुले अनावश्यक राजनीतिक विवादसमेत खडा गर्ने माओवादीको ठहर छ ।


