काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हाल देशमा देखापरेको समस्यामा कांग्रेसले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
महामन्त्री थापाले विहीबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित ‘कांग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना’ विषयक संवाद गोष्ठीमा यस्तो धारणा राखेका हुन् । ।
‘युवालाई प्रविधिमार्फत समस्याको समाधान गर्दै उत्पादन, उद्यमशीलता र रोजगारी सृजना गर्नतर्फ जोड्नुपर्छ, नागरिकका समस्याको बारेमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा छलफल हुने गरेको छ, यसलाई कार्यान्वयन र नतिजासँग जोड्नुपर्छ, सरकारमा गइसकेपछि के गर्ने हो, के गर्ने हैन भन्ने विषयमा हुने छलफल महत्वपूर्ण हुन्छ’, उनले भने ।


