काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मधेस प्रदेशमा तत्काल ५०० डीप बोरिङ जडान गर्ने घोषणा गरेका छन् । छन्।
प्रधानमन्त्री ओलीले शुक्रबार महोत्तरी जिल्लाको मटिहानी नगरपालिका(६ मा निर्मित प्रसूति गृहको उद्घाटनका क्रममा यस्तो घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेस प्रदेशलाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै अब दीर्घकालीन र तत्कालीन उपाय अवलम्वन गरेर पानीको आवश्यकता पूरा गरिने जानकारी दिए।
प्रधानमन्त्री ओलीले पानीको अभावका कारण प्रत्यक्षरूपमा प्रभावित मधेसका जनताका पक्षमा विशेष कार्यक्रम ल्याइने बताए। त्यसअघि प्रधानमन्त्री ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरेका थिए।


