काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने जानकारी दिए । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।


