काठमाडौं । मन्त्री हेरफेर विषयमा छलफल गर्न आज प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल हुँदैछ ।
प्रधानमन्त्री ओलीले केही समयअघि नै मन्त्री परिवर्तन गर्न खोजेका भए पनि सत्ता साझेदार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रुचि देखाएका थिएनन् ।
आज उनीहरुबीच मुख्य रुपमा कार्यसम्पादनमा कमजोर ठहरिएका मन्त्रीहरु फेरबदल गर्ने विषयमा कुरा हुने स्रोतले बताएको छ । प्रधानमन्त्री ओली आफ्नो पार्टी एमालेका मन्त्रीहरु सबैलाई बिदा गरेर नयाँलाई चान्स दिने पक्षमा रहेको बताइएको छ । केही समयअघि शिक्षा मन्त्री बनेका रघुजी पन्त र केही दिन पहिले सामान्य मन्त्री बनेकी भगवती न्यौपानेलाई भने नचलाइने बताइएको छ ।
पछिल्लो समय भने कांग्रेस गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र एमाले अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ बाहेकका मन्त्री फेर्न तयार भएको स्रोतले बताएको छ ।


