काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।
महामन्त्री थापाले सोमबार काठमाडौँमा आयोजित पार्टीको पेसागत तथा बुद्धिजीवी विभागको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो माग गरेका हुन् ।
‘गल्ती गरेको होइन भन्ने आँट पनि छैन। प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो’ थापाको गुनासो थियो।
उनले प्रधानमन्त्रीलाई आग्रह गर्दै थपे, ‘तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस्।’


