काठमाडौं । गृह मन्त्रालयले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ अधिकृतलाई खटाएको छ। गृहले हालै लोकसेवा पास भएका ४४ शाखा अधिकृतहरुलाई त्रिवि अध्यागमनमा खटाएको हो ।
यसरी अध्यागमनमा खटिएका अधिकृतहरुमा अनिल चापागाईं, टामन सिग्देल, दिपेन्द्रप्रसाद आचार्य, कुलप्रसाद आचार्य, रोशन गुरागाईं, तेजप्रसाद अधिकारी, सन्दिप रेग्मी, रमेश कार्की रहेका छन् ।
यसका साथै अधिकृतहरु भरत बुढा, विवेक थापा, नरेन्द्रप्रसाद पोखरेल, विनोद खनाल, प्रकाश न्यौपाने, दिपक बराल, दिपेन्द्र पौडेल, चेतबहादुर सेजुवाल, विजयप्रसाद घिमिरे, भूपाल खड्का, विमल पौडेल, मनोज साह, कृष्ण गौतम, रेशमबहादुर बुढा, मानबहादुर वली, मनोज रिमाल र दिपक चन्द पनि एयरपोर्ट पुगेका छन् ।
यसैगरी टेकबहादुर मोनी, विवेकराज पौडेल, निसु झा, नरेन्द्रराज जोशी, टेकबहादुर कार्की, सौरभ बस्याल, गोरखबहादुर धामी, मदनराज जैशी, रिता वाग्ले, भरतबहादुर शाही, उषा अधिकारी, झविन्द्र बेल्बासे, सुमन बानियाँ, विकास खड्का, जीवन आचार्य, प्रकाशकुमार मण्डल, ढाकाराम लामिछाने, बालकृष्ण आचार्य, प्रकाश गौतम र कुमार तामाङ पनि अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।


