काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आरोप लगाएकै कारण कारबाही नहुने जिकिर गरेका छन् ।
उनले आजको प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नोत्तरका क्रममा यस्तो बताएका हुन् । उनले कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने जवाफ दिए । त्यस्तै उनले भूमि समस्या समाधान आयोगको गठन भई उक्त आयोग मार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूको व्यवस्थापन गर्ने संवैधानिक दायित्व कार्यान्वयनमा ल्याइएको बताए ।
बिथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइएको उल्लेख गर्दै अहिले काँग्रेस–एमालेको योजनामा, अन्य दलहरूकोसमेत सहभागितामा निर्मित वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित रहेको बताएका हुन् ।


