काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि विधेयक पास गर्न खोजेकाप्रति आपत्ति प्रकट गरेका छन् । उनले सामाजिक सञ्जालमा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
घुस प्रकरणमा मुछिएका मन्त्री पदमा हुँदा नै विधेयक फास्टट्रयाकबाट पास गर्न एमालेले प्रस्ताव गरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।
अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री एमालेका बलराम अधिकारी छन् । उनी पोखरा जग्गा घुस प्रकरणमा जोडिएका छन् ।


