काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) भारी वर्षाको सम्भावना रहेकोले सबैलाई सचेत र सतर्क बस्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सचेत रहन अनुरोध गरेका हुन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको थियो ।
उनले सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन् ।


